Acts 3:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पवित्र अगमवक्ताहरूले भनेजस्‍तै परमेश्‍वरले सबै कुरा नयाँ बनाउने समय नआएसम्‍म येशू स्‍वर्गमै रहनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले प्राचीन कालदेखि आफ्‍ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्‍नुभएका सबै थोकको पुनर्स्‍थापना हुने समय नआउञ्‍जेल ख्रीष्‍ट स्‍वर्गमा अवश्‍य रहनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना पवित्र अगमवक्ताहरूद्वारा अनन्तकालदेखि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ, सबै कुरा उहाँले फेरि पुनर्स्थापना नगरुन्जेल येशू स्वर्गमै विराजमान हुनुपर्दछ।
Nepali ERV (पवित्र बाइबल)
तर येशू त्यसबेला सम्म स्वर्गमा बसेनै पर्छ, जब सम्म हरेक थोक फेरि व्यवस्थित हुँदैंन। परमेश्वरले यस समयको विषयमा धेरै पहिल्यै उहाँको पवित्र अगमवक्ताद्वारा भनिसक्नु भएको थियो।
Nepali Tamang 2011
ओन्‍माहेन्‍सेन परमेश्‍वरसे ह्राङला अगमवक्तागदेग्‍याम सुङ्बा जम्‍मान स्‍हे दोःसी स्‍होबा धुइ आततेधोना येशू ख्रीष्‍ट स्‍वर्गरी धन्‍छ्‌यातोःबा मुला।