Acts 3:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले पनि यसरी भनेका थिए— परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको निम्‍ति तिमीहरूकै जातिबाट मजस्‍तै एउटा अगमवक्ता पठाइदिनुहुनेछ, उहाँले भन्‍नुहुने सबै कुरा तिमीहरूले सुन्‍नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्‍वरले मलाई खड़ा गर्नुभएजस्‍तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्‍ति खड़ा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्‍नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्‍नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मोशाले भनेका छन्, ‘तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनका सबै कुरा सुन्‍नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
मोशाले भन्नुभयो, ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एकजना अगमवक्ता दिनुहुनेछ। त्यो अगमवक्ता तिमीहरूका आफ्नै सम्प्रदायबाट आउनेछन्। उ म जस्तै हुनेछ। ती अगमवक्ताले भनेका सबै कुराहरू तिमीहरूले पालन गर्नु पर्नेछ।
Nepali Tamang 2011
मोशासे चुह्रङ् भिसी पाङ्बा मुला, ‘एनीगदेला परमप्रभु परमेश्‍वरसे ङादा पुइखबा ह्रङ् लसी एनीगदेला ज्‍योज्‍यो आलेगदे न्‍हङ‌ग्‍यामसेन एनीगदेला लागिरी अगमवक्ता गिक पुइखला। थेसे पाङ्बा जम्‍मान ताम एनीगदेसे ङ्‌यान्‍तोःबा मुला।