Acts 4:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरू र इस्राएलका सबै मानिसहरूलाई थाहा होस् कि— तपाईंहरूको अगाडि उभिएको यो मानिस नासरतको येशूको नाउँमा निको भएको हो। तपाईंहरूले चाहिँ येशूलाई क्रूसमा झुण्‍ड्याएर मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरू सबैलाई र इस्राएलका सारा मानिसलाई थाहा होस्, कि तपाईंहरूले क्रूसमा टाँग्‍नुभएको र परमेश्‍वरले मृतकबाट जीवित पार्नुभएका, उनै नासरतका येशू ख्रीष्‍टको नाउँमा यो मानिस तपाईंहरूका सामुन्‍ने निको भएर उभिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं र इस्राएलका सबै मानिसहरूलाई यो कुरा थाहा होस्: नासरतका येशू ख्रीष्‍टको नामद्वारा यो काम भएको हो। उहाँलाई तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। उहाँकै नामद्वारा यो मानिस पूर्ण निको भई तपाईंहरूका सामु उभिएको छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू सबै, यहूदी मानिसहरूले जानुन् कि यो लङ्गडो मानिस नासरतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवनमा बौराउनु भयो। यो मानिस लङ्गडो थियो, तर अब ठीक छ। उ तिमीहरू सामु उभिन सामर्थ छ येशूको शक्तिले गर्दा!
Nepali Tamang 2011
चु ताम ह्राङनीदेन इस्राएलला जम्‍मान म्‍हिगदेदा था तगै, ह्राङनीसे क्रुसरी टाँगब लसी साइबादेन परमेश्‍वरसे सिबाग्‍याम सोना लबा नासरतला येशू ख्रीष्‍टला मिनरी चु म्‍हि ह्राङनीला ओन्‍छाङरी खम्‍सी राप्‍बा मुला।