Acts 4:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्त्रको यो कुरा उहाँकै बारेमा लेखिएको हो— जुन ढुङ्गालाई डकर्मीहरूले बेकामको ठाने, त्यही ढुङ्गा जगको मुख्य ढुङ्गा बन्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘यो त्यही ढुङ्गो हो, जो तपाईं, निर्माताहरूले इन्कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू ख्रीष्ट, “ ‘त्यही ढुङ्गा हुनुहुन्छ, जसलाई, तपाईं भवन निर्माण गर्नेहरूले अस्वीकार गर्नुभयो; तर उहाँ अहिले जगको मुख्य ढुङ्गा हुनुभएको छ।’
Nepali ERV (पवित्र बाइबल)
येशू हुनुहुन्छः ‘यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।’ भजनसंग्रह 118:22
Nepali Tamang 2011
चुनोन येशूला बारेरी बचनरी चुह्रङ् भिसी भ्रिबा मुला, ‘ह्राङनी डकर्मीगदेसे गे आखेल भिसी भ्याङ्बा युङबा चुनोन हिन्ना, तर दान्दे चुनोन युङबा सुर युङबा दोबा मुला।’