Acts 4:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुस र यूहन्ना धेरै नपढेका साधारण मानिस थिए। तैपनि उनीहरूले ठूलो साहससँग बोले। यो देखेर सभाका मानिसहरू सबै छक्क परे। पत्रुस र यूहन्ना पनि येशूसँगै रहन्थे भन्ने कुरा तिनीहरूले थाहा पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे, र यिनीहरू अशिक्षित र साधारण मानिसहरू रहेछन् भनी थाहा पाए, तब तिनीहरू छक्क परे, र यिनीहरू येशूको साथमा रहन्थे भन्ने तिनीहरूले थाहा पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले पत्रुस र यूहन्नाको यस्तो साहस देखेर तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तब तिनीहरू आश्चर्यचकित भए। ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले थाहा पाए।
Nepali ERV (पवित्र बाइबल)
यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसंगै रहन्थे भनेर थाहा पाए।
Nepali Tamang 2011
ओच्छे ल्हाना पढब आलबादेन तिगै तालिम आकिन्बा सोजो म्हि पत्रुसदेन यूहन्नासे म्हिगदेदा लोप्बा आँट लबा म्राङ्सी यहूदी नेतागदे, यहूदी धर्मगुरुगदेदेन यहूदी गन्बागदे उदेक म्हन्जी। जमाहेन्से थेनीगदेसे पत्रुसदेन यूहन्ना येशूदेन छ्याम चिबा चीम भिसी था याङ्जी।