Acts 4:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँ हल्‍लियो। तिनीहरू सबै पवित्र आत्‍माले भरिए र तिनीहरूले परमेश्‍वरको वचन नडराइ सुनाउन थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्‍प भयो, र तिनीहरू सबै जना पवित्र आत्‍माले भरिए, र तिनीहरूले साहससित परमेश्‍वरको वचन बोले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका प्रार्थनापछि तिनीहरू बसिरहेको ठाउँ हल्‍लियो। अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिएर परमेश्‍वरको वचन साहससाथ बोल्न थाले।
Nepali ERV (पवित्र बाइबल)
विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।
Nepali Tamang 2011
चुह्रङ् लसी प्रार्थना लसी जिन्‍माहेन्‍से थेनीगदे पोप तबा ग्‍ला लिगलिग तजी, ओच्‍छे थेनीगदे जम्‍मान परमेश्‍वरला आत्‍मासे प्‍लिङ्‌जी। जमाहेन्‍से थेनीगदे आलोङ्ना परमेश्‍वरला बचन थेःना लबारी छ्‌याइजी।