Acts 4:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुमा विश्वास गर्नेहरू सबै एउटै मन र एउटै तनका भएका थिए। तिनीहरूमा कसैले पनि कुनै चीज ‘यो मेरो हो’ भनेर भन्दैनथे। तर तिनीहरूसँग भएका सबै कुरा सबैले साझा सम्झन्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विश्वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्माका भएका थिए, र तिनीहरूमध्ये एउटाले पनि आफ्नो धन-सम्पत्तिको केही थोक यो मेरो आफ्नो हो भनी भन्दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै विश्वासीहरू एकै हृदय र एकै मनका भएका थिए। कसैले पनि आफ्नो सम्पत्तिमाथि एकाधिकार दाबी गर्दैनथ्यो। तर तिनीहरूसँग भएका सम्पूर्ण कुराहरू तिनीहरूले अरूसँग बाँडचुँड गर्थे।
Nepali ERV (पवित्र बाइबल)
विश्वासीहरू विचारमा अनि आत्मामा एक भएका थिए। त्यस टोलीमा भएका कसैले पनि आफ्ना चीजहरूलाई आफ्नो मानेनन्। बरु तिनीहरूसित भएको प्रत्येक थोकमा साझेदार भए।
Nepali Tamang 2011
चु धुइरी चा प्रभु येशूदा विश्वास लबा म्हिगदे न्हङला खालैसेनोन ह्राङला धन सम्पत्ति चु ङाला हिन्ना भिसी आभिमुबा। थेनीगदे जम्मालान सेम गिकनोन तबासे लमा थेनीगदेदेन छ्याम मुबा जम्मान धन सम्पत्ति य्हाङला भिसी भिमुबा।