Acts 4:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस लङ्गडा मानिसलाई दया गरेर निको पारेको हुनाले हामीलाई आज यस सभाको अगाडि उभिनुपरेको हो भने अनि हामीले यस मानिसलाई कसरी निको पारेका छौं भन्‍ने कुरा तपाईंहरूले हामीबाट जान्‍न चाहनुहुन्‍छ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आज हामीले एक जना लङ्गड़ो मानिसप्रति एउटा असल काम गरेको विषयमा त्‍यो कुन उपायले निको पारियो भनेर प्रश्‍न गर्नुहुन्‍छ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले एउटा लङ्गडो मानिसप्रति देखाएको दयालु कामको हिसाब मागिन्छ, र ऊ कसरी निको भयो भनी प्रश्न गरिन्छ भने,
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लङ्गडो मानिस कसरी निको भयो?
Nepali Tamang 2011
चुदे ह्राङनीसे चु कुज्‍या म्‍हिला लागिरी तिनी ङन्‍से ज्‍यबा गे लबासे लमा चु म्‍हिदा खाह्रङ् लसी खम्‍ना लजी भिसी ङ्‌योइबा छार्बा लबा हिन्‍सम,