Acts 5:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले बिरामीहरू ल्‍याएर गल्‍लीमा ओछ्यान राखेर सुताइदिन्‍थे। उनीहरूले पत्रुसको छायाँसम्‍म पर्ला भन्‍ने आशा राख्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहाँसम्‍म कि मानिसहरूले सड़क-सड़कमा बिरामीहरूलाई ल्‍याए, र पत्रुस आउँदा तिनको छाया मात्र भए पनि तिनीहरूमध्‍ये कोही-कोहीमाथि परोस्‌ भनी ओछ्यान र खाटहरूमा तिनीहरूलाई सुताइराख्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहाँसम्म कि पत्रुस हिँड्ने बाटोमा मानिसहरूले बिरामीहरू ल्याएर खाट र सुकुलमा सुताउन थाले, ताकि तिनी त्यो बाटो हिँड्दा पत्रुसको छायामात्रै भए तापनि कुनै बिरामीमाथि परोस्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिनीहरूले बिमारी मानिसहरूलाई गल्लीहरूमा ल्याए। पत्रुस आइरहेकाछन् भन्ने मानिसहरूले सुनेका थिए। यसैले तिनीहरूले बिमारीहरूलाई ओछ्यान अनि चट्टाइहरूमा राखे। किनभने तिनीहरूले सोचे यदि पत्रुसको छाया सम्म पनि बिमारीहरूमा पर्यो भने ती बिमारीहरूलाई निको हुन यथेष्ट हुनेछ।
Nepali Tamang 2011
मुल चेलागदेसे लबा उदेकला गेला बारेरी थेःसी म्‍हिगदेसे आखम्‍बा म्‍हिगदेथोरी पत्रुस खमा थेला क्रिपसे जे भिसै स्‍याप्‍गै भिसी आखम्‍बा म्‍हिगदेदा थेनीगदेला तीबा नान्‍बादेन छ्‌यामनोन भसी ग्‍याम ग्‍यामरी थान्‍मुबा।