Acts 5:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेम वरिपरि भएका सहरहरूबाट पनि धेरै मानिसहरू आए। तिनीहरूले बिरामी र भूत लागेकाहरूलाई ल्‍याए अनि तिनीहरू सबै निको भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेमका वरिपरिका सहरहरूबाट पनि धेरै मानिसहरूले बिरामीहरू र अशुद्ध आत्‍माले सताएकाहरूलाई लिएर आउँथे र ती सबै निको हुन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अशुद्ध आत्माले ग्रस्त भएका र बिरामी भएका आफ्ना परिवारका सदस्यहरूलाई यरूशलेमका वरिपरिका सहरहरूबाट मानिसहरूले ल्याउँदा त्यहाँ ठूलो भीड जम्मा भयो; र ती सबै निको पारिए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू यरूशलेमका वरिपरिका शहरहरूबाट आएका थिए। तिनीहरूले बिमारीहरू र साथै तिनीहरूलाई पनि ल्याए जसलाई दुष्ट आत्माले सताएको थियो। तिनीहरू सबै निको भए।
Nepali Tamang 2011
ओच्‍छे यरूशलेमला क्‍यारक्‍युरला शहरग्‍यामसेनोन ल्‍हानान म्‍हिगदेसे आखम्‍बा म्‍हिगदेदेन म्‍हङसे स्‍याप्‍बा म्‍हिगदेदाएनोन थेरी भसी खमुबा। ओच्‍छे थे म्‍हिगदे जम्‍मान खम्‍मुबा।