Acts 5:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भनेको मानेर तिनीहरू बिहानै मन्दिरमा गएर मानिसहरूलाई सिकाउन लागे। प्रधान पूजाहारी र तिनका साथीहरूले इस्राएलीहरूका सबै अगुवाहरूलाई महासभामा बोलाए। त्यसपछि तिनीहरूले कैदीहरूलाई ल्याउन आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो सुनेपछि तिनीहरू एकाबिहानै मन्दिरभित्र पसे र शिक्षा दिन थाले। तर प्रधान पूजाहारी र तिनीसँग हुनेहरू आए, र महासभा, अर्थात् इस्राएलीहरूको सम्पूर्ण सभाका सबैलाई बोलाए, र प्रेरितहरूलाई झ्यालखानबाट ल्याउन मानिसहरू पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई भनिएझैँ नै झिसमिसेमै तिनीहरू मन्दिरको चोकभित्र पसे, र मानिसहरूलाई सिकाउन थाले। जब प्रधान पुजारी र उनका सहायकहरू भेला भए, तब उनीहरूले महासभा अर्थात् इस्राएलीहरूको प्रधानहरूको सम्पूर्ण सभालाई बोलाए। अनि प्रेरितहरूलाई झ्यालखानाबाट त्यहाँ ल्याउन मानिसहरू पठाए।
Nepali ERV (पवित्र बाइबल)
जब प्रेरितहरूले यो सुने, तिनीहरू मन्दिर प्राङ्गणमा विहानै गए अनि सिकाउन शुरू गरे। प्रमुख पूजाहारी र उनका साथीहरू आई पुगे। तिनीहरूले यहूदी मानिसका समस्त अगुवाहरू सहित सभाघरमा सभा डाके। तिनीहरूले प्रेरितहरूलाई कैंदखानाबाट ल्याउन भनी केही मानिसहरू पठाए।
Nepali Tamang 2011
स्वर्गदूतसे चुह्रङ् भिमाहेन्से थेनीगदे स्य्होरीन परमेश्वरला मन्दिररी वाङ्सी म्हिगदेदा लोप्बारी छ्याइजी। थेनोन धुइरी परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हि, थेदेन छ्याम मुबा म्हिगदे खजी, ओच्छे इस्राएली नेतागदे जम्मादान सभारी ङ्योइजी। जमाहेन्से मुल चेलागदेदा झ्याल्खानग्याम भबारी म्हिगदे पुइजी।