Acts 5:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति नै बेला एउटा मानिस आएर तिनीहरूलाई भने, “सुन्नुहोस्, तपाईंहरूले कैद गर्नुभएका मानिसहरू त मन्दिरमा उभिएर शिक्षा दिँदै छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कोही एक जनाले आएर तिनीहरूलाई भन्यो, “हेर्नुहोस्, तपाईंहरूले जुन मानिसहरूलाई झ्यालखानमा राख्नुभएको थियो तिनीहरू मन्दिरमा खड़ा भएर मानिसहरूलाई शिक्षा दिइरहेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै बेला एक जना त्यहाँ आएर तिनीहरूलाई भन्यो, “हेर्नुहोस्! तपाईंहरूले झ्यालखानामा हाल्नुभएका मानिसहरू मन्दिरका आँगनहरूमा उभिएर मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
तब अर्को मानिस आयो र तिनीहरूलाई भन्यो, “ध्यान दिनुहोस्! जसलाई तपाईंहरूले जेलमा हाल्नुभएको थियो तिनीहरू मन्दिरको प्रागंणमा उभिरहेका छन्। तिनीहरूले मानिसहरूलाई शिक्षा दिइरहेका छन्।”
Nepali Tamang 2011
थेनोन धुइरी थेरी खालै म्हि गिक खसी, “च्यागो, ह्राङनीसे झ्याल्खानरी झाङ्सी थान्बा म्हिगदे मी परमेश्वरला मन्दिररी राप्सी म्हिगदेदा लोप्बान मुला” भिसी भिजी।