Acts 5:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्तो सुनेर कप्तान र सिपाहीहरू प्रेरितहरूलाई लिन गए। मानिसहरूले ढुङ्गाले हानेर मार्लान् भन्ने डरले तिनीहरूलाई जबरजस्ती नगरीकन फर्काएर ल्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अफिसरहरूका साथमा कप्तान गईकन तिनीहरूलाई बलजफत नगरिकन ल्याए, किनभने मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हान्लान् भनी तिनीहरू डराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरा सुन्नसाथ आफ्ना अधिकृतहरूको साथमा सेनापति मन्दिरतिर गए। अनि प्रेरितहरूलाई महासभामा ल्याए। तिनीहरूले शक्ति प्रयोग गरेनन्। किनकि त्यसो गर्दा तिनीहरूलाई मानिसहरूले ढुङ्गा हान्लान् भन्ने डर थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि कप्तान र उनका मानिसहरू बाहिर निस्के अनि प्रेरितहरूलाई पक्रे अनि तिनीहरूलाई ल्याए। तर सिपाहीहरूले तिनीहरूलाई केही बलजफ्ती गरेनन्, किनभने तिनीहरू जनतासंग डराउँथे। सिपाहीहरू डराए किनभने मानिसहरू क्रोधित हुनेछन् अनि तिनीहरूलाई ढुङ्गा हान्नेछन्।
Nepali Tamang 2011
जमाहेन्से सिपाहीगदेदेन छ्याम परमेश्वरला मन्दिरला कप्तान निसी थेनीगदेदा कर आलना भजी। तिग्दा भिसम म्हिगदेसे थेनीगदेदा युङबासे तोला भिसी थेनीगदे लोङ्मुबा।