Acts 5:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हामीले तिमीहरूलाई येशूको नाउँमा फेरि कसैलाई केही नभन्‍नू भन्‍ने आज्ञा दिएका थियौं, हो कि होइन? ल हेर, तिमीहरूले त आफ्‍नो शिक्षा यरूशलेमभरि फिँजाएछौ। अझ तिमीहरूले त्‍यस येशूलाई मारेको दोष हामीलाई पो लगाउने निधो गर्दै रहेछौ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हामीले तिमीहरूलाई यस नाउँमा केही शिक्षा नदिने कड़ा आज्ञा दिएका थियौं, तर तिमीहरूले आफ्‍ना शिक्षाले सारा यरूशलेम भरिसक्‍यौ, र त्‍यस मानिसका रक्तपातको दोष हामीमाथि ल्‍याउन चाहन्‍छौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रधान पुजारीले भने, “यस नाममा नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आदेश दिएका थियौँ। तैपनि तिमीहरूले यसै नाममा आफ्नो शिक्षाले सारा यरूशलेम भरिदिएका छौ। अनि यस मानिसको रगतको दोषी हामीलाई बनाउन तम्सिएका छौ।”
Nepali ERV (पवित्र बाइबल)
उनले भने, “यस मानिसको विषयमा मानिसहरूलाई कहिले पनि केही नसिकाउनु भनी हामीले तिमीहरूलाई कडा आदेस दिएका थियौं। तर हेर, तिमीहरूले के गरेकाछौं! तिमीहरूले यरूशलेम नै तिमीहरूको शिक्षाले भरिदियौ। तिमीहरूले यस मानिसको मृत्युको जिम्मेवार हामीलाई ठहर्याउन कोशिश गरिरहेछौ।”
Nepali Tamang 2011
“एनीगदेदा ङन्‍से येशूला मिन लसी खालैदा तिगै ताम थालोप्‍गो भिसी कुल्‍मुबा। तर च्‍यागो, एनीगदेसे लोप्‍बा चु ताम यरूशलेम नाङनोन थेःना लसी जिन्‍जीम, ओच्‍छे येशूदा साइबाला दोष एनीगदेसे ङन्‍दा लबारी म्‍हाइबा मुला।”