Acts 5:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पत्रुसले भने, “ए हननिया, आफ्नो हृदयमा शैतानलाई राज्य गर्न दिएर तिमीले किन पवित्र आत्मासँग झूटो बोल्यौ? खेत बेचेको अलिकति पैसा तिमीहरूले किन आफ्नै लागि लुकाएर राखेका छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पत्रुसले भने, “ए हननिया, पवित्र आत्मासँग झूट बोल्ने र जमिनको बिक्रीको मोलबाट केही हिस्सा आफूसँग राख्ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पत्रुसले भने, “हननिया, कसरी शैतानले तिम्रो हृदय भरिदियो र तिमीले पवित्र आत्मासँग झूट बोल्यौ। जग्गा बिक्रीबाट पाएको रकमबाट केही भाग आफ्ना लागि कसरी राख्न सक्यौ?
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले भने, “हननिया, तिमीले किन आफ्नो हृदय शैतानलाई नियन्त्रण गर्न दियौ? तिमीले पवित्र आत्मालाई धोका दिने प्रयास गर्यौ। तिमीले तिम्रो जमीन बेच्यौ, तर आफ्नै लागि तिमीले किन बेचेको पैसाबाट केही अंश राख्यौ?
Nepali Tamang 2011
जमाहेन्से पत्रुससे थेदा चुह्रङ् भिसी भिजी, “हननिया ए शैतानना तहरी चिसी तिग्दा परमेश्वरला आत्मादेन छ्याम लुसीला ताम पाङ्बा? ओच्छे ह्राङला वारी चूङ्सी खबा टाङगा तिग्दा छुम्सी थान्बा?