Acts 5:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले पश्चात्ताप गरी पापबाट क्षमा पाऊन् भनेर परमेश्वरले येशूलाई मुक्ति दिनुहुने राजा तुल्याएर आफ्नो दाहिनेपट्टिको आदरको ठाउँसम्म बसाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले इस्राएलको पश्चात्तापको लागि र तिनीहरूका पापहरूको क्षमा दिन उहाँलाई राजा र मुक्तिदाता तुल्याईकन आफ्नो दाहिने बाहुलीले उच्च पार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलले पश्चात्ताप गरोस् र पापको क्षमादान उहाँबाट होस् भनेर परमेश्वरले आफ्नो दाहिने हातपट्टि उच्च स्थानमा उहाँलाई राजकुमार र उद्धारकर्ताको रूपमा राख्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूलाई परमेश्वरले अगुवा अनि मुक्ति दाताको रुपमा आफ्ना दाहिने तर्फ उठाउनु भयो। परमेश्वरले यसो गर्नुभयो ताकि सबै यहूदीहरूले आफ्ना हृदय र जीवन परिवर्तन गर्न सकुन् अनि पापहरूका निम्ति उहाँबाट क्षमा प्राप्त गर्न सकुन्।
Nepali Tamang 2011
परमेश्वरसे इस्राएलीगदेसे ह्राङला पाप ख्लासी परमेश्वरपट्टि दोःगै भिसी ओच्छे थेनीगदेला पापला दोष मेटब लबारी येशूदा शासन लबा म्हिदेन थार्बा पिन्बा म्हि स्होसी ह्राङला दाहिने छ्यापट्टि थान्जी।