Acts 5:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यतिखेर गमलिएल नाउँ गरेका फरिसी सभाको सामु खडा भए। उनी तिनीहरू सबैले मानेका धर्म-गुरु थिए। उनले प्रेरितहरूलाई एक छिनको लागि सभाबाहिर जाने आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर व्यवस्थाका पण्डित र जनतामा माननीय गमलिएल नाम भएका फरिसीले महासभामा उठेर तिनीहरूलाई केही बेर बाहिर जाने आदेश दिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सबै मानिसहरूद्वारा सम्मानित व्यवस्थाका शिक्षक गमलिएल भन्ने एक जना फरिसी महासभामा उभिए। अनि प्रेरितहरूलाई केही समय त्यहाँबाट बाहिर लैजान आदेश दिए।
Nepali ERV (पवित्र बाइबल)
फरिसीहरू मध्ये एकजना त्यस सभामा जुरूक्क उठे, उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने।
Nepali Tamang 2011
तर यहूदी धर्मगुरुदेन छ्याम जम्मासेन मान लबा गमलिएल भिबा फरिसीसे सभाला ङाच्छा रेःसी थेनीगदेदा छिन्नङ मङग्यार निउ भिसी भिजी।