Acts 5:38 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैकारण अब यस मामिलामा म तपाईंहरूलाई भन्छु, ती मानिसहरूको विरोधमा केही नगर्नुहोस्, बरु तिनीहरूलाई छोडिदिनुहोस् किनकि तिनीहरूको यो विचार र काम मानिस आफैंले बनाएको हो भने त्यो आफैं हराएर जानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहिलेको यस मामिलामा म तपाईंहरूलाई भन्दछु, कि यी मानिसहरूबाट अलग्ग बस्नुहोस्, र यिनीहरूलाई छोडिदिनुहोस्, किनकि यिनीहरूको यो योजना अथवा यो काम मानिसहरूबाट रहेछ भने त्यो आफै मेटिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैकारण अहिलेको सन्दर्भमा पनि म तपाईंहरूलाई सल्लाह दिन्छु: यी मानिसहरूलाई त्यसै हुन दिनुहोस्! यिनीहरूलाई छोडिदिनुहोस्। किनकि यदि यिनीहरूका उद्देश्य र क्रियाकलाप मानवीय हुन् भने ती असफल हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ अब म तिमीहरूलाई भनिरहेछुः ती मानिसहरूबाट टाढ रहौ। तिनीहरूलाई एक्लै छाडिदेऊ। यदि तिनीहरूको योजना मानिसहरूबाट अथवा जे तिनीहरूले गरिरहेका छन् त्यो मानिसहरूबाट हो भने यो असफल हुनेछ।
Nepali Tamang 2011
दान्देला चु तामला बारेरीनोन ङाइ ह्राङनीदा पाङ्ला, चु म्हिगदेदा ह्राङनीसे तिगै आलना ख्लागो। तिग्दा भिसम चुगदेसे लबा चु गेदेन ताम म्हिगदेग्याम हिन्सम थे ह्रङ्नोन म्हासी निला।