Acts 5:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खेत नबेच्‍दा पनि त्‍यो खेत तिमीहरूकै थियो। बेचेपछि पनि त्‍यसबाट आएको पैसा तिमीहरूकै थियो। तिमीहरूले आफू खुसीले दिन सक्‍थ्‍यौ। किन आफ्‍नो मनमा यस्‍तो झूट बोल्‍ने विचार गर्‍यौ? तिमीहरूले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग झूट बोलेका हौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो बिक्री नभइञ्‍जेल के त्‍यो तिम्रो आफ्‍नै थिएन? र त्‍यो बिक्री भएपछि पनि त्‍यो तिम्रै अधिकारमा थिएन र? यस्‍तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसहरूलाई त होइन, तर परमेश्‍वरलाई नै ढाँटेका छौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बिक्री गर्नुभन्दा पहिले के यो तिम्रो आफ्नै थिएन र? बिक्री गरिसकेपछि त्यसबाट प्राप्‍त रकम पनि तिम्रै अधीनमा थिएन र? यस्तो काम गर्ने विचार तिम्रो मनमा कसरी उत्पन्‍न भयो? तिमीले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग झूट बोलेका छौ।”
Nepali ERV (पवित्र बाइबल)
जमीन बेच्न अगाडी, त्यो तिम्रो थियो। अनि त्यो बेची सेकपछि पनि, तिमी त्यो पैसा तिमीले चाहेको कुरामा चलाउन सक्थ्यौ। यस्तो नराम्रो काम गर्ने विचार तिम्रो मनमा किन आयो? तिमीले परमेश्वरलाई ढाँट्यौ हामी मानिसलाई होइन।”
Nepali Tamang 2011
तिग थे वारी आचूङ्‌तेधोना एलान आहिन? ओच्‍छे चूङ्सी खबा टाङगाएनोन एलान मुबा, चु टाङगा एसे जे लइ म्‍हन्‍बा थेनोन लबारी खम्‍सेला मुबा। तर एदा चुह्रङ्बा गे लबा सेम खाह्रङ् लसी खजी? च्‍यागो, एसे म्‍हिगदेदा आहिन, तर परमेश्‍वरदा लुसीला ताम पाङ्बा मुला।