Acts 5:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले भने, “तिमीहरू दुवैले प्रभुको आत्माको जाँच किन लिन खोज्यौ? हेर, तिम्रा लोग्नेलाई गाड्न जाने मानिसहरू भर्खरै ढोका बाहिर आइपुगेका छन्। तिनीहरूले तिमीलाई पनि त्यसै गरी गाड्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पत्रुसले त्यसलाई भने, “तिमीहरूले प्रभुका आत्माको परीक्षा गर्न कसरी मिलेर मतो गर्यौ? हेर, तिम्रा पतिलाई गाड्नेहरू ढोकामै छन् र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजानेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसले तिनलाई भने, “प्रभुको आत्माको परीक्षा गर्न तिमीहरू दुवै कसरी सहमत भयौ? हेर! तिम्रो पतिलाई चिहानमा गाड्नेहरू बाहिर ढोकामै छन्। अब तिनीहरूले तिमीलाई पनि लिएर जानेछन्।”
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले भन्यो, “किन तिमी र तिम्रो लोग्ने प्रभुको आत्मा जाँच्न सहमत भयौ? सुन! तिमीले ती पदचापहरू सुन्यौ? यी ती मानिसहरूका हुन जो भर्खर तिम्रो लोग्नेलाई दफन गरेर दैलोमा आइपुगेका छन्! तिनीहरूले तिमीलाई पनि त्यसै गरी बोकेर बाहिर लानेछन्।”
Nepali Tamang 2011
जमाहेन्से पत्रुससे थेदा “एनीगदे ढिक्सी तिग्दा प्रभुला आत्मासे तिग लबा चीम भिसी च्याबारी म्हाइबा? च्यागो, एला ह्रेम्बोदा धुर्सारी ल्हुबागदे म्रापरीन मुला, एदाएनोन थेनीगदेसे मङग्यार भोर्ला” भिसी भिजी।