Acts 6:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस समयमा प्रभु येशूका चेलाहरूको सङ्ख्या बढिरह्यो। बढ्दै जाँदा ग्रीक भाषा बोल्ने र हिब्रू भाषा बोल्ने यहूदीहरूको बीचमा भनाभन् चल्न थाल्यो। दिनदिनै खाने कुरा बाँड्दा तिनीहरूको विधवाहरूको वास्ता भएन भन्ने ग्रीक भाषा बोल्ने यहूदीहरूको भनाइ थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दिनमा जब चेलाहरूको संख्या बढ्दैगएको थियो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा जब चेलाहरूको संख्या बढिरहेको थियो, तब हिब्रूभाषी यहूदीहरूका विरुद्ध ग्रीकभाषी यहूदीहरूले गनगन गरे। किनकि दैनिक भोजन वितरण गरिँदा तिनीहरूका विधवाहरूको बेवास्ता गरिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
धरै भन्दा धेरै मानिसहरू येशूका चेला हुन थाले। तर त्यही अवधिमा, ग्रीक-भाषी चेलाहरूले यहूदी भाषी चेलाहरूको विरुद्ध नालिस गरे। तिनीहरूले दावी गरे कि तिनीहरूका विधवाहरूले दैनिक वितरणमा ठीक भाग पाइरहेका छैनन्।
Nepali Tamang 2011
थे धुइरी येशूदा विश्वास लबा म्हिगदे बढब तबान निमुबा। जमाहेन्से हिब्रू ग्योइ पाङ्बा यहूदीगदेला बिरोधरी ग्रीक ग्योइ पाङ्बा यहूदीगदेसे तामगन लबारी छ्याइजी। तिग्दा भिसम ग्रीक ग्योइ पाङ्बा यहूदीगदेला ह्रेम्बो सिबा म्रिङम्हेमेगदेसे धिनना धिन तोःतेधोना चबा थुङ्बा आयाङ्मुबा।