Acts 6:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैले हे भाइ हो, तिमीहरूका बीचबाट पवित्र आत्‍मा र ज्ञानले भरिएका सात जना मानिसलाई छान। हामी यो खाने कुराको जिम्‍मा तिनीहरूलाई दिनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण भाइ हो, तिमीहरू मध्येबाट पवित्र आत्‍मा र बुद्धिले भरिएका र सबैको आदर पाएका सात जना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, आफ्ना बीचबाट पवित्र आत्मा र बुद्धिले भरिएका अनि सबैको आदर पाएका सात जना मानिसहरूलाई छान, जसलाई हामीले यस काममा नियुक्त गरौँ।
Nepali ERV (पवित्र बाइबल)
यसैले दाज्यु-भाइहरू हो, तिमीहरूबाटै सात जना मानिसहरू चुन। तिनीहरू सबै पुरुष जाति हुनपर्छ जसको बारेमा मानिसहरूले ती असल छन् भनुन्। तिनीहरू जो चुनिन्छन् ज्ञान अनि पवित्र-आत्माले परिपूर्ण भएका हुनपर्छ। हामी तिनीहरूलाई यो काम गर्न नियुक्त गर्नेछौं।
Nepali Tamang 2011
थेतबासेलमा आलेगदे, एनीगदे न्‍हङला परमेश्‍वरला आत्‍मादेन बुद्धिसे प्‍लिङ्बा, ओच्‍छे जम्‍मासेन मान लबा गोर निस म्‍हिदा धम्‍गो, ङन्‍से चु गे थेनीगदेदा जिम्‍मा पिन्‍ना।