Acts 6:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रेरितहरूको विचार सबैलाई मन पर्यो। त्यसैले तिनीहरूले विश्वास र पवित्र आत्माले भरपूर भएका स्तिफनसलाई चुने र साथसाथै फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास अनि एन्टिओखिया सहरका यहूदी धर्म लिएका निकोलाउसलाई पनि चुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो कुरा समूहका सबैलाई मन पर्यो र भेला भएका जम्मैलाई असल लाग्यो, र तिनीहरूले पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी मत मान्ने निकोलाउसलाई छाने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो प्रस्तावले समूहका सबैलाई खुशी तुल्यायो। अनि पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी धर्म अपनाएका शिक्षित निकोलाउसलाई तिनीहरूले छाने।
Nepali ERV (पवित्र बाइबल)
चेलाहरूका जम्मै टोलीले त्यस्तो विचार मन पराए। तब तिनीहरूले यी सातजना मानिसहरू छानेः स्तिफनस (विश्वासपूर्ण र पवित्र आत्माले परिपूर्ण भएको मानिस) फिलिप, प्रखुरस, निकनोर, तीमोन, र्पमिनास र निकोलस एन्टिओकको, जो पहिले यूहदी भएका थिए।
Nepali Tamang 2011
चु ताम येशूदा विश्वास लबा जम्मान म्हिगदेदा सेम निजी। ओच्छे थेरी मुबा जम्मादान थे ताम ज्यबा छोर्सी थेनीगदेसे पूरा विश्वास मुबादेन परमेश्वरला आत्मासे प्लिङ्बा स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनासदेन एन्टिओखिया भिबा शहरला यहूदी धर्म तेन्बा निकोलाउसदा धम्जी।