Acts 7:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले हाम्रा पिता-पुर्खाको विरोधमा जाल रचे र तिनीहरूलाई अत्याचार गरे। तिनले इस्राएलीहरूका बालकहरूलाई मरून् भनेर जन्मनासाथ जबरजस्ती घरदेखि बाहिर फाल्न लाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले हाम्रा जातिसँग धूर्तताको व्यवहार गरे, र हाम्रा पुर्खाहरूलाई तिनका शिशुहरू बाहिर ल्याएर राख्न कर लाउँथे, र यसरी भर्खर जन्मेका सबै शिशुहरू मर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले हाम्रा मानिसहरूमाथि अन्यायपूर्ण तरिकाले व्यवहार गरे। अनि हाम्रा पुर्खाहरूलाई आतङ्कित बनाएर तिनीहरूका भर्खरै जन्मेका शिशुहरूलाई बाहिर फ्याँक्न बाध्य पारे, ताकि ती शिशुहरूको मृत्यु होस्।
Nepali ERV (पवित्र बाइबल)
ती राजाले हाम्रो मानिसहरूलाई हानी पुरयाउन धूर्त तरिकाहरू प्रयोग गरे। उनले तिनीहरूको भर्खर जन्मेका नानीहरू मरोस् भनी बाहिर राख्न वाध्य गराए।
Nepali Tamang 2011
थे ग्लेसे य्हाङला य्हुलला म्हिगदेदा धोका पिन्सी ल्हानान दुख पिन्जी। ओच्छे थेनीगदेसे य्हाङला आखे म्हेमेला भर्खर न्हबा कोलागदेदा मङग्यार थान्पुङ्जी। चुह्रङ् लसी भर्खर न्हबा जम्मान कोलागदेदा सिना लजी।