Acts 7:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍तिफनसले जवाफ दिँदै भने, “हे मेरा दाजुभाइ र बुबाहरू हो, मैले भनेको सुनिदिनु होला— हाम्रा पुर्खा अब्राहाम हारान भन्‍ने ठाउँमा जानुभन्दा अघि मेसोपोटामिया भन्‍ने देशमा बस्‍थे। त्‍यहीँ उनलाई ठूलो महिमामा बास गर्नुहुने परमेश्‍वरले दर्शन दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “दाजुभाइ र बुबा हो, सुन्‍नुहोस्‌। महिमाका परमेश्‍वरले हाम्रा पितामह अब्राहामलाई तिनी हारानमा बस्‍न अघि मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर उनले जवाफ दिए: “दाजुभाइ-दिदीबहिनीहरू र बुबाहरू हो, मेरो कुरा सुन्‍नुहोस्! हाम्रा पिता अब्राहाम हारानमा बस्‍नुभन्दा अगि जब उनी मेसोपोटामियामै थिए, तब महिमाका परमेश्‍वरले उनको सामु आएर भन्‍नुभयो,
Nepali ERV (पवित्र बाइबल)
स्तिफनसले उत्तर दिए, “मेरा यहूदी पिताहरू र दाज्यु-भाइहरू, मलाई ध्यानसित सुन। हाम्रा पुर्खा अब्राहाम समक्ष महिमामय परमेश्वर प्रकट हुनुभयो। अब्राहाम त्यसबेला मेसोपोटामियामा थिए। यो उहाँ हारानमा रहनु भन्दा पहिलेको कुरा हो।
Nepali Tamang 2011
स्‍तिफनससे चुह्रङ् भिसी भिजी, “आबागदेदेन ज्‍योज्‍यो आलेगदे चु ताम ङ्‌यान्‍गो। जम्‍मान भन्‍दा घ्रेन शक्ति मुबा परमेश्‍वरसे य्‍हाङला आखे म्‍हेमे अब्राहाम हारान भिबा नाम्‍सारी फेप्‍बा भन्‍दा ङाच्‍छा मेसोपोटामिया भिबा ग्‍लारी स्‍य्‍हूबा धुइरी थेसे परमेश्‍वरदा ह्राङला ङाच्‍छापट्टि म्राङ्जी।