Acts 7:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले मोशाद्वारा नै इस्राएलीहरूलाई छुट्कारा दिन लाग्नुभएको छ भनी आफ्नै मानिसहरूले बुझ्लान् भन्ने मोशाले सोचेका थिए। तर तिनीहरूले यो कुरा बुझेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्छ भन्ने मेरा भाइबन्धुले बुझ्लान् भन्ने तिनले विचार गरेका थिए। तर तिनीहरूले सो बुझेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई त्यस कष्टबाट छुटकारा दिलाउन परमेश्वरले तिनलाई प्रयोग गरिरहनुभएको कुरा आफ्ना मानिसहरूले बुझ्लान् भनी मोशाले सोचेका थिए। तर तिनीहरूले त्यो कुरा बुझ्न सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले उनलाई उनीहरूकै बचाऊको लागि प्रयोग गरिरहनु भएको तिनको यहूदी भाइहरूले बुझ्लान् भन्ने मोशाले सोचे। तर तिनीहरूले त्यो बुझेनन्।
Nepali Tamang 2011
ङाग्यामसेन परमेश्वरसे थेनीगदेदा चु दुखग्याम फेला भिबा ताम ङाला ज्योज्यो आलेसे घोला भिसी मोशासे म्हन्बा मुबा। तर थेनीगदेसे थे ताम आघोनी।