Acts 7:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“भोलिपल्‍ट मोशाले दुई जना इस्राएली नै कुटाकुट गरिरहेका देखे। तिनीहरूलाई मिलाउने कोसिस गर्दै उनले भने, ‘तिमीहरू दाजुभाइ भएर पनि किन यसरी आपसमा झगडा गर्छौ?’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्‍ट तिनीहरू नै आपसमा झगड़ा गरिरहेको बेलामा तिनी आए, र तिनीहरूलाई मिलाउने कोसिस गरेर भने, ‘मानिस हो, तिमीहरू त दाजुभाइ हौ, तब किन एउटाले अर्कालाई अन्‍याय गर्छौ?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट दुई जना इस्राएलीहरू झगडा गरिरहेका मोशाले देखेर तिनीहरूलाई भने, ‘हे भाइहरू हो, तिमीहरू त दाजुभाइ हौ। तिमीहरू किन एक-अर्काका विरुद्ध यसरी लडिरहेका छौ?’ यसो भनेर तिनले ती दुवैमा मिलाप गराउने प्रयत्न गरे।
Nepali ERV (पवित्र बाइबल)
अर्को दिन मोशाले दुइ यहूदीहरूलाई आपसमा झगडा गरेको देखे। उनले तिनीहरूलाई शान्त गराउन खोजे। उनले भने, ए मानिस हो! तिमीहरू दाज्यु-भाइहरू हौ! किन तिमीहरू एकार्को प्रति नराम्रो व्यवहार गरिरहेछौ?”
Nepali Tamang 2011
न्‍हङगरदङ इस्राएली न्‍ही ह्राङ ह्राङ न्‍हङरी छेबा बङ्बा लसी चिबा धुइरी मोशा खजी, ओच्‍छे थेनीगदेदा ढिक्‍ना लबारी म्‍हाइसी ‘ह्रोगदे, एनीगदे मी ज्‍योज्‍यो आले हिन्‍ना, तिग्‍दा ह्राङ ह्राङ न्‍हङ‍री छेबा?’