Acts 7:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर मोशा छक्कै परे अनि राम्ररी हेर्नलाई त्यस झाडीको नजिकै जाँदा उनले प्रभुको आवाज सुने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मोशाले यो देखे तब तिनी यस दर्शनले छक्क परे, र त्यो हेर्नलाई नजिक जाँदा परमप्रभुको यस्तो वाणी भयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मोशाले यो देखे, तब त्यस दर्शनले गर्दा तिनी आश्चर्यचकित भए। त्यसलाई नियालेर हेर्न जब तिनी नजिकै गए, तब तिनले परमेश्वरको यस्तो वचन सुने:
Nepali ERV (पवित्र बाइबल)
जब मोशाले यस्तो देखे, उनी अचम्भित भए। जब उनी नियालेर हेर्न नजिक गए, मोशाले परमप्रभुको आवाजले भन्दै गरेको सुने।
Nepali Tamang 2011
चु म्राङ्सी मोशा उदेक तजी, ओच्छे जजाकी ङामरी निसी च्यामा परमेश्वरसे चुह्रङ् भिसी सुङ्बा थेःजी।