Acts 7:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यिनै मोशा हुन्, जसलाई आफ्नै जातिले यसो भनी त्यागेका थिए, ‘कसले तँलाई हामीमाथि राजा र न्यायाधीश बनाएर पठायो?’ बलिरहेको झाडीमा यिनीसँग स्वर्गदूतद्वारा परमेश्वरले बोल्नुभयो र उनले नै इस्राएलीहरूलाई छुट्कारा दिन र तिनीहरूमाथि अगुवा हुनलाई ठहराएर पठाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यही मोशा, जसलाई तिनीहरूले ‘कसले तिमीलाई हाकिम र न्यायकर्ता तुल्यायो’ भनेर इन्कार गरेका थिए, तिनलाई परमेश्वरले पोथ्रामा देखा पर्ने स्वर्गदूतद्वारा हाकिम र उद्धारकर्ता तुल्याएर पठाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यिनी तिनै मोशा थिए, जसलाई तिनीहरूले यस्तो वचन बोलेर अस्वीकार गरेका थिए; ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्यो?’ तिनीहरूका शासक र मुक्तिदाता हुनका निम्ति परमेश्वरले पोथ्रामा उनका सामु देखाउनुभएको दूतद्वारा तिनी त्यहाँ पठाइए।
Nepali ERV (पवित्र बाइबल)
“यो मोशा त्यही मानिस थिए जसलाई यहूदीहरूले चाहिंदैन भनेका थिए। तिनीहरूले उनलाई भनेका थिए, ‘कसले तिमीलाई हाम्रो शासक र न्यायकर्त्ता बनायो?’ त्यही मानिसलाई परमश्वरले शासक र उद्धारकको रूपमा पठाउनु भएको थियो। परमेश्वरले मोशालाई स्वर्गदूतको माध्यम पठाउनु भएको थियो जो जल्दै गरेको पोथ्रामा उनी अघि देखापरेको थियो।
Nepali Tamang 2011
“चुनोन मोशादा थेनीगदेसे ‘एदा खाल्से ङन्दा शासन लबा म्हिदेन न्यायाधीश स्होजी’ भिसी पत्याब आतमुबा, थेनोन मोशादा परमेश्वरसे लुङ्बा झाङला मे ल्हामरी म्राङ्बा स्वर्गदूतग्याम शासन लबा म्हिदेन इस्राएलीगदेदा दुखग्याम फेबा म्हि स्होसी पुइजी।