Acts 7:38 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरू उजाड-स्थानमा सीनै पर्वतको फेदमा भेला हुँदा मोशा तिनीहरूसँगै थिए। स्वर्गदूत सीनै पर्वतमा उनैसँग बोल्ने गर्थे र उनले नै स्वर्गदूतबाट पाएको जिउँदो शिक्षा इस्राएलीहरूलाई सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी तिनै मोशा हुन्, जो उजाड-स्थानमा भएको समुदायमा स्वर्गदूतसँग थिए, जुन स्वर्गदूतले सीनै पर्वतमा र हाम्रा पुर्खाहरूसँग बोलेका थिए, र तिनैले हामीलाई दिनका निम्ति जीवित वाणीहरू पाएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशा उजाडस्थानको समुदायमा थिए। ती स्वर्गदूतसँग, जो सीनै पर्वतमा तिनीसँग बोलेका थिए र हाम्रा पुर्खाहरूसँग थिए। अनि त्यहाँ तिनले हामीलाई दिनका निम्ति जीवित वचनहरू पाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
उनी त्यही मोशा हुन जो यहूदीहरूकै जमघटमा एकत्रित भएर मरूभूमिमा संगै थिए। तिनी त्यो स्वर्गदूतसंग जो सीनै पर्वतमा तिनीसित बोले अनि तिनी हाम्रा पुर्खाहरूसंग थिए। मोशाले परमेश्वरबाट आदेशहरू प्राप्त गरे जसले जीवन दिन्छ। मोशाले हामीलाई ती आदेशहरू दिए।
Nepali Tamang 2011
चुनोन मोशा तोङतोङबा ग्लारी म्हिगदेदेन छ्याम मुबा धुइरी स्वर्गदूतदेन छ्याम मुबा, थेनोन स्वर्गदूतसे सीनै भिबा गङरी य्हाङला आखे म्हेमेदेन छ्याम ताम पाङ्मुबा, थेसेन य्हाङदा पिन्बाला लागिरी छोन्बो बचन याङ्बा मुबा।