Acts 7:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर हाम्रा पिता-पुर्खाहरूले उनको कुरालाई सुन्‍दा पनि सुनेनन्, टेर्दा पनि टेरेनन्। मोशालाई छोडेर तिनीहरूले मिश्रदेशमा नै फर्कने इच्‍छा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हाम्रा पुर्खाहरूले तिनको आज्ञापालन गर्न इन्‍कार गरे। तिनीहरूले तिनलाई पन्‍छाएर मिश्रदेशमै फर्केर जाने मन गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर हाम्रा पुर्खाहरूले तिनको वचनको पालना गर्न अस्वीकार गरे। त्यसको साटो तिनीहरूले तिनको अपहेलना गरे। अनि आफ्नो हृदयमा इजिप्ट फर्कन अठोट गरे।
Nepali ERV (पवित्र बाइबल)
“तर हाम्रा पुर्खाहरूले मोशाका आज्ञा पालन गर्न चाहेनन्। तिनलाई स्वीकार गरेनन्। अनि तिनीहरूले मिश्रदेश फर्की जाने इच्छा गरे।
Nepali Tamang 2011
“थेसे कुल्‍बा ताम आङ्‌यान्‍ना य्‍हाङला आखे म्‍हेमेसे थेदा ख्‍लासी मिश्र य्‍हुल्‍सारीन दोःसी निबा सेम लजी।