Acts 7:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा अब्राहाम कल्दीहरूको देशबाट निक्लेर हारानमा गए र त्यहीँ बसे। तिनका बुबा मरेपछि परमेश्वरले तिनलाई तपाईंहरू अहिले बस्नुभएको यही देशमा ल्याउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब तिनी कल्दीहरूको देशबाट निस्केर हारानमा आएर बसे, र तिनका पिताको मृत्यु भएपछि परमेश्वरले तिनलाई त्यहाँबाट यस मुलुकमा सार्नुभयो, जहाँ अहिले तपाईंहरू वास गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसैले उनी कल्दीहरूको देश त्यागेर हारानमा बस्न थाले। उनका पिताको मृत्युपछि परमेश्वरले उनलाई यस देशमा पठाउनुभयो, जहाँ अहिले तपाईंहरू बसिरहनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
यसैले अब्राहामले कल्दी देश छाडे अनि हारानमा बस्न गए। अब्राहमको पितकाको मृत्युपछि उनलाई परमेश्वरले यो ठाँउमा पठाउनु भयो, जहाँ अहिले तिमी बस्छौ।
Nepali Tamang 2011
“जमाहेन्से थे कल्दीगदेला य्हुल्साग्याम थोन्सी हारान भिबा नाम्सारी खसी चिजी। ओच्छे थेला आबा सिमाहेन्से परमेश्वरसे थेदा थे ग्लाग्याम दान्दे ह्राङनी स्य्हूबान लबा चु शहररी भजी।