Acts 7:41 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यसपछि तिनीहरूले बाछाको एउटा मूर्ति बनाए र त्यसका अगाडि बलि चढाए। आफ्नै हातले बनाएको मूर्तिको खुसीयाली मा तिनीहरूले भोज लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दिनमा तिनीहरूले एउटा बाछाको मूर्ति बनाए, र त्यसमा बलि पनि चढ़ाए, र आफ्ना हातको काममा खुशी मनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै बेला तिनीहरूले बाछाको आकृतिको एउटा मूर्ति बनाए। त्यसमा तिनीहरूले बलि चढाए, र आफ्नै हातले जे निर्माण गरेका थिए, त्यसकै सम्मानमा उत्सव मनाए।
Nepali ERV (पवित्र बाइबल)
यसकारणले मानिसहरूले बाछो जस्तो देखिने एउटा मूर्ति बनाए। त्यसपछि तिनीहरूले त्यसलाई बलिहरू चढाए। मानिसहरू आफ्नै हातले त्यस्तो चीज बनायौं भनेर अत्यन्त खुशी थिए।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदेसे म्हे बहरला मूर्ति गिक स्होसी थेरी बलि पिन्जी, ओच्छे ह्राङसे लबा गेरी थेनीगदे ल्हानान ताङ्जी।