Acts 7:42 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसकारण परमेश्वरले तिनीहरूलाई त्याग्नुभयो र स्वर्गका ग्रह र ताराहरूलाई पुजून् भनेर छोडिदिनुभयो। त्यसको बारेमा धर्मशास्त्रमा अगमवक्ताहरूले यसरी लेखेका छन्— हे इस्राएली हो! तिमीहरूले चालीस वर्षसम्म उजाड-स्थानमा जुन बलि चढायौ, त्यो त मेरो लागि थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुभयो, र तिनीहरूलाई आकाशका तारामण्डलको उपासना गर्न छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ, ‘इस्राएलका मानिस हो, के तिमीहरूले चालीस वर्षसम्म उजाड-स्थानमा मलाई पशुबलि र भेटीहरू चढ़ायौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब परमेश्वर तिनीहरूबाट विमुख हुनुभयो र आकाशका तारामण्डलको पूजा आराधना गर्न तिनीहरूलाई छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूको पुस्तकमा लेखिएको छ: “ ‘हे इस्राएलका घराना हो, उजाडस्थानमा चालीस वर्षसम्म के तिमीहरूले मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ?
Nepali ERV (पवित्र बाइबल)
तर परमश्वर तिनीहरूबाट टाढा जानु भयो अनि तिनीहरूलाई आकाशको झूटो देवताहरूको पूजा गर्न छाडिदिनु भयो। अगमवक्ताहरूका पुस्तकमा लेखिए जस्तै यो घट्योः ‘तिमी यहूदीहरूले चालीस र्वषसम्म यो मरूभूमिमा मेरा निम्ति पशु-बलि अनि भेटीहरू अर्पण गरेनौं
Nepali Tamang 2011
थेतबासेलमा परमेश्वरसे थेनीगदेदा ख्लाजी, ओच्छे थेनीगदेसे म्हन्बा ह्रङ्नोन मुरी मुबा सारगदेदा तेन्बारी ख्लासी पिन्जी। चु ताम अगमवक्तागदेसे ङाच्छान परमेश्वरला बचनरी भ्रिबा मुबा, ‘इस्राएलीगदे तिग एनीगदे बोगल न्ही दिङधोना तोङतोङबा ग्लारी मुबा धुइरी एनीगदेसे ङादा जन्तुला बलिदेन भेटीगदे पिन्जी? आपिन्नी।