Acts 7:43 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले मोलेख भन्ने देवताको पाल बोकेर लग्यौ अनि रेफन देवता भन्ने ताराको मूर्ति पनि ल्यायौ। तिनीहरू तिमीहरूले नै बनाएका मूर्तिहरू थिए। त्यसैकारण म तिमीहरूलाई दण्ड दिन बेबिलोनपारिसम्म पनि पठाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले मोलोखको तम्बू र रेफन देवताको तारा, र तिमीहरूले पुज्नलाई बनाएका मूर्तिहरू उठाइलग्यौ। अब म तिमीहरूलाई बेबिलोनदेखि पारी निर्वासित गर्नेछु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोलेखको पाल र तिमीहरूको देवता रेफनको तारा र आफूले आराधना गर्न तिमीहरूले बनाएको मूर्ति तिमीहरूले उठाइलग्यौ। त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा टाढा निर्वासनमा पठाउनेछु।’
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले तिनीहरूसित मोलेकको पाल अनि तिम्रो देवता रिफमका तारा ल्यायौ। तिनीहरू मूर्तिहरू थिए जो तिमीहरूले पुज्नलाई बनायौ। ती मूर्तिहरू थिए जसलाई आराधनाका निम्ति बनाइएको थियो। यसैकारण म तिमीहरूलाई बेबिलोन देखि निक्कै टाढा पठाउनेछु।’आमोस 5: 25-27
Nepali Tamang 2011
तर एनीगदेसे मोलोख भिबा लला पालदेन रेफन भिबा लला सार, ओच्छे एनीगदेसे तेन्बा लला मूर्तिगदे थीसी भोर्जी। थेतबासेलमा दाहेन्से ङाइ एनीगदेदा सजाय पिन्बाला लागिरी बेबिलोन भिबा ग्लाग्याम क्याम्सङपट्टि पुइला।’