Acts 7:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले यो देशमा बस्‍ने अरू जातिका मानिसहरूलाई खेद्‌नुभयो र यहोशूले यो देश जितेर लिंदा उनीहरूले त्‍यो पवित्र पाल यस देशमा ल्‍याए। त्‍यसपछि राजा दाऊदको पालासम्‍म त्‍यो पवित्र पाल उनीहरूसँगै रहिरह्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा पुर्खाहरूले पनि उनीहरूको पालोमा अन्‍यजातिहरूको देश अधिकारमा ल्‍याउँदा यहोशूको साथमा त्‍यो तम्‍बू ल्‍याए। दाऊदको पालोसम्‍मै त्‍यो त्‍यहीँ रह्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो पाल प्राप्‍त गरेपछि यहोशूको निर्देशनमा हाम्रा पुर्खाहरूले त्यसलाई परमेश्‍वरले गैरयहूदीहरूबाट खाली गराउनुभएको देशमा ल्याए। दावीदको समयसम्म त्यो पाल त्यहीँ रह्‍यो।
Nepali ERV (पवित्र बाइबल)
तब यहोशूले हाम्रा पुर्खाहरूलाई अरू राष्ट्रहरूको जमीन हत्याउनुमा अगुवाइ गरे। हाम्रा मानिस जमीनभित्र पसे अनि परमेश्वरले अन्य राष्ट्रहरूलाई बाहिर खेदनु भयो। जब हाम्रा मानिसहरू त्यस नयाँ जमीनमा गए, तिनीहरूले आफूसित त्यही मण्डप लगेर गए। हाम्रा मानिसहरूले त्यो मण्डप आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका थिए, अनि तिनीहरूले त्यसलाई दाऊदको समय सम्म जोगाएर राखे।
Nepali Tamang 2011
परमेश्‍वरसे अर्गु य्‍हुलला म्‍हिगदेदा तेःसी थेनीगदेला य्‍हुल्‍सा य्‍हाङला आखे म्‍हेमेदा शासन लपुङ्‌जी। थे पाल यहोशूसे थेनीगदेला य्‍हुल्‍सा ढासी किन्‍बा धुइरी थेनीगदेदेन छ्‌यामनोन भजी। थेह्रङ् लसीन दाऊद ग्‍लेला धुइधोनान थे पाल थेनीगदेदेन छ्‌यामनोन मुबा।