Acts 7:51 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तपाईंहरूको हृदय अन्यजातिको जस्तै कठोर भएको छ र तपाईंहरू परमेश्वरको सन्देश सुन्न चाहनुहुन्न। आफ्ना पिता-पुर्खाले जस्तै तपाईंहरूले पनि पवित्र आत्माले देखाउनुभएको कुरालाई कहिल्यै पनि मान्नुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे हठी मानिसहरू हो, कठोर हृदय र बहिरा कान भएका हो, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ। तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे हठी, बेखतनाका हृदय र कानहरू भएका मानिसहरू हो! तपाईंहरू ठिक आफ्ना पुर्खाहरूजस्तै हुनुहुन्छ: तपाईंहरू सदा पवित्र आत्माको विरोध गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैं विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ।
Nepali Tamang 2011
दोःसी स्तिफनससे चुह्रङ् भिसी भिजी, “युङबा ह्रङ्बा सेम थोबा म्हिगदे, एनीगदेसे ह्राङला सेमरी परमेश्वरदा खाइमै आथान्नी। ओच्छे एनीगदेला आखे म्हेमेगदेसे लबा ह्रङ्नोन एनीगदेसेनोन परमेश्वरला आत्मासे पाङ्बादा सदन बिरोध लजी।