Acts 7:58 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले स्‍तिफनसलाई ढुङ्गाले हानेर मार्न सहरदेखि घिस्‍याउँदै बाहिर निकाले। साक्षीहरूले आ-आफ्‍नो कोट फुकालेर शाऊल भन्‍ने ठिटाको जिम्‍मा लगाई स्‍तिफनसलाई ढुङ्गाले हिर्काउन लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तिनलाई सहर बाहिर निकाली लगे, र तिनीमाथि ढुङ्गा बर्साए। र साक्षीहरूले आफ्‍ना वस्‍त्रहरू शाऊल नाउँ भएको एक जना युवकका खुट्टानेर राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि स्तिफनसलाई सहरबाहिर घिस्याउँदै लगे, र ढुङ्गा प्रहार गर्न थाले। त्यसै बेला त्यस घटनाका साक्षीहरूले आफ्ना लुगाफाटाहरू हेरविचार गर्न शाऊल नामको एउटा युवकको पाउमा राखे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले उनलाई शहर बाहिर फयाँके अनि ढुङ्गा हान्न थाले। ती मानिसहरू जजसले स्तिफनसको विरूद्ध झूटो कुरा गरेका थिए, तिनीहरूले आफ्ना पोशाक खोलेर शावल नाउँको एक युवकलाई दिए।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदेसे युङबासे तोसी साइबाला लागिरी स्‍तिफनसदा शहरग्‍याम तेःसी भोर्जी। चुह्रङ् लबा म्राङ्बा म्‍हिगदेसे ह्राङ ह्राङला क्‍वान स्‍युसी शाऊल भिबा भ्‍योन म्‍हिदा जिम्‍मा लसी स्‍तिफनसदा युङबासे तोजी।