Acts 7:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले अब्राहामलाई अझै भन्नुभयो, ‘तेरा सन्तानहरू विदेशमा गएर बस्नेछन्। त्यहाँका मानिसहरूले तिनीहरूलाई कमारा बनाउनेछन् र चार सय वर्षसम्म ठूलो दु:ख दिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले यसरी भन्नुभयो, ‘तेरा सन्तान अर्काको मुलुकमा गएर बस्नुपर्नेछ, र उनीहरूले तिनीहरूलाई कमारा तुल्याएर चार सय वर्षसम्म थिचोमिचो गरी राख्नेछन्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले उनीसँग यसरी भन्नुभयो: ‘तेरा सन्तानहरू अर्काको देशमा प्रवासी हुनेछन् र चार सय वर्षसम्म तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।’
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले उनलाई भन्नुभयो, तिम्रो सन्तानहरूले यो ठाउँमा बस्नु पर्नेछ। त्यहाँका मानिसहरूले तिनीहरूलाई दास बनाउने छन् र चार सय र्वष सम्म कुव्यवाहर गरेर राख्नेछन्।
Nepali Tamang 2011
ओच्छे परमेश्वरसे थेदा “एला सन्तान अर्गु य्हुल्सारी निसी चितोःबा मुला, थे ग्लाला म्हिगदेसे थेनीगदेदा घ्यबा स्होसी ग्यार्जा ब्लि दिङधोना थेनीगदेसे नाआखम्बा दुख पिन्ना’ भिसी सुङ्जी।