Acts 8:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले स्‍तिफनसलाई यसरी ढुङ्गाले हानेर मार्दा शाऊल पनि सहमत थिए। [1] त्‍यही दिनदेखि यरूशलेमको मण्‍डलीलाई ठूलो दु:ख र सतावट हुन लाग्‍यो। प्रेरितहरूबाहेक प्रभु येशूका अरू चेलाहरू सबै भागेर यहूदिया र सामरिया क्षेत्रहरूमा गएर यताउता छरिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको हत्‍यामा शाऊल पनि सहमत थिए। त्‍यसै दिन यरूशलेममा भएका मण्‍डलीको विरुद्धमा ठूलो सतावट सुरु भयो, र प्रेरितहरूबाहेक तिनीहरू सबै यहूदिया र सामरियाका इलाकातिर छरपष्‍ट भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यस हत्यामा शाऊलको पनि सहमति थियो। त्यसै दिन यरूशलेमका मण्डलीहरूका विरुद्ध ठूलो सतावट र दमन सुरु भयो। यसले गर्दा प्रेरितहरूबाहेक सबै दाजुभाइ-दिदीबहिनीहरू यहूदिया र सामरियाका इलाकातिर तितरबितर भए।
Nepali ERV (पवित्र बाइबल)
शावलले स्तिफनसलाई मार्न आफ्नो सहमती दिए। विश्वासीहरूलाई सताइ
Nepali Tamang 2011
स्‍तिफनसदा साइबारी शाऊलएनोन ढिक्‍बा मुबा। थेनोन धिनकुनुहेन्‍से यरूशलेमरी मुबा मण्‍डलीला बिरोधरी ल्‍हानान दुख तबारी छ्‌याइजी, ओच्‍छे मुल चेलागदे बाहेक थेनीगदे जम्‍मान ससा बङबङ तसी यहूदियादेन सामरियाला ग्‍लारीक्‍यार यार्जी।