Acts 8:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिमोनले पनि विश्‍वास गर्‍यो र बप्‍तिस्‍मा पायो। त्‍यसपछि ऊ सधैँ फिलिपसँगसँगै हिँड्‍न लाग्‍यो। फिलिपले गरेका अचम्‍मका कामहरू र चिन्‍हहरू देखेर ऊ छक्‍कै पर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिमोन आफैले पनि विश्‍वास गर्‍यो। त्‍यसले बप्‍तिस्‍मा लियो, र त्‍यो फिलिपसँग लागिरह्यो, र चिन्‍हहरू र ठूला-ठूला अचम्‍मका काम गरेको देखेर त्‍यसलाई आश्‍चर्य लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिमोन आफैँले पनि विश्‍वास गर्‍यो; र बप्‍तिस्मा लियो। फिलिप गएका सबै ठाउँमा ऊ पनि सँगै गयो; अनि आफूले देखेका ठूला अलौकिक चिन्हहरू र अचम्मका कामहरू देखेर छक्‍क पर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
शिमोन स्वंयले विश्वास गरे अनि बप्तिस्मा लिए। फिलिप एकदम नजिकमा बसे। उनले फिलिपले गरेका चमत्कारहरू अनि महान कार्यहरू देखे। शिमोन छक्क परे।
Nepali Tamang 2011
सिमोनसेनोन विश्‍वास लसी बप्‍तिस्‍मा किन्‍जी, ओच्‍छे थे फिलिपदेन छ्‌याम भ्रबारी छ्‌याइजी। ओच्‍छे फिलिपसे लबा घ्रेन घ्रेन उदेकला गेदेन चिनुगदे म्राङ्सी सिमोन उदेक तजी।