Acts 8:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर सिमोनले पत्रुस र यूहन्‍नालाई भन्‍यो, “तपाईंले भन्‍नुभएका यी सबै कुरा ममाथि आइनलागोस् भनेर दया गरी तपाईंहरूले नै मेरो लागि प्रभुसँग प्रार्थना गरिदिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सिमोनले भन्‍यो, “तपाईंहरूले नै मेरो निम्‍ति प्रभुमा प्रार्थना गरिदिनुहोस्, र तपाईंहरूले भन्‍नुभएको कुनै पनि कुरा ममाथि आई नलागोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर सिमोनले जवाफ दियो, “मेरा निम्ति प्रभुसँग प्रार्थना गरिदिनुहोस्, र तपाईंले भन्‍नुभएका कुनै पनि कुरा ममाथि आइनपरोस्!”
Nepali ERV (पवित्र बाइबल)
शिमोनले जवाफ दिए, “तिमीहरूले मेरो लागि प्रभुलाई प्रार्थना गरिदेऊ। प्रार्थना गरिदेऊ कि तिमीहरूले भनेका कुनै पनि कुरा म माथि नघटोस्।”
Nepali Tamang 2011
जमाहेन्‍से सिमोनसे “ह्राङनीसे सुङ्बा ताम ङाथोरी थाखगै भिसी ह्राङनीसेन परमेश्‍वरदेन छ्‌याम ङाला लागिरी प्रार्थना लसी पिन्‍गो” भिसी भिजी।