Acts 8:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फिलिप दौडेर रथको नजिक पुगे र ती मानिसले यशैया अगमवक्ताले लेखेको पुस्तक पढिरहेको सुने। फिलिपले उनलाई सोधे, “हजुरले पढिरहनुभएका ती कुराहरू बुझ्नुहुन्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फिलिप तिनीकहाँ दौड़ेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्तक पढ़िरहेको सुनेर उनले सोधे, “तपाईंले पढ़िरहनुभएको कुरा बुझ्नुहुन्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि फिलिप रथतिर दौडिँदै गए, र नजिकै पुगेपछि ती मानिसले यशैया अगमवक्ताको पुस्तक पढेको तिनले सुने। अनि फिलिपले सोधे, “तपाईंले जे पढिरहनुभएको छ, के त्यो बुझ्नुहुन्छ?”
Nepali ERV (पवित्र बाइबल)
तब फिलिप रथको छेउमा दगुरे अनि त्यो मानिसले पढी रहेको सुने। उसले यशैया अगमवक्ताको पुस्तक पढिरहेको थियो। फिलिपले उसलाई भने, “के तिमीले पढेको कुरा बुझ्दैछौ?”
Nepali Tamang 2011
फिलिप थे मुबा ग्लारी यार्सी निमा थेसे यशैया भिबा अगमवक्तासे भ्रिबा किताब पढब लबान लबा थेःजी। जमाहेन्से फिलिपसे थेदा “ह्राङसे पढब लबान लबा चु ताम घोमुला?” भिसी ङ्योइमा,