Acts 8:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती नपुंसकले पढिरहेको धर्मशास्‍त्रको भाग यो थियो— उहाँ काट्‍न लगिने भेडाजस्‍तो हुनुहुन्‍थ्‍यो, ऊन काटिंदा चुप रहने भेडाजस्‍तै उहाँले आफ्‍नो मुखबाट कुनै शब्‍द निकाल्‍नुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब तिनले पढ़िरहेका धर्मशास्‍त्रको खण्‍ड यो थियो, “जसरी भेड़ा काटिनलाई लगिन्‍छ, वा थुमा ऊन कत्रनेको सामु चूप रहन्‍छ, त्‍यसरी नै उसले आफ्‍नो मुख खोलेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती नपुंसक पवित्रशास्त्रको यो अंश पढिरहेका थिए: “उहाँलाई मारिन लगिएको थुमाझैँ लगियो, जसरी थुमा ऊन कत्रनेको सामु चुप लागेर बस्छ, त्यसरी नै उहाँले पनि आफ्नो मुख खोल्नुभएन।
Nepali ERV (पवित्र बाइबल)
उसले पढदै गरेको धर्म शास्त्रको अंश यस्तो थियोः “जसरी भेडा काटिन लगिन्छ भेडको पाठा कत्रनेको चुपचाप सामु उभिन्छ, त्यसरी नै उनी रहे।
Nepali Tamang 2011
थेसे पढब लबा परमेश्‍वरला बचनरी चुह्रङ् भिसी भ्रिबा मुबा, थे साइबारी भोर्बा ग्‍यु ह्रङ्‌बान मुबा, ओच्‍छे ग्‍यु बोगो ह्राङला क्रा थामा कुटिसी चिमुला, थेह्रङ् लसीन थेसेनोन तिगै आसुङ्ना कुटिसी चिजी।