Acts 8:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै मानिसहरूबाट भूत चिच्‍च्‍याउँदै निस्‍केर गए अनि कुँजा र लुला-लङ्गडा मानिसहरू निको भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि धेरै जनाबाट अशुद्ध आत्‍माहरू ठूलो सोरले चिच्‍च्‍याउँदै निस्‍कन लागे, र धेरै जना पक्षाघातका रोगीहरू र लङ्गड़ाहरू पनि निको पारिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरैबाट अशुद्ध आत्माहरू चिच्याउँदै बाहिर निस्के। अनि धेरै पक्षघात भएका रोगीहरू र लङ्गडाहरू निको पारिए।
Nepali ERV (पवित्र बाइबल)
धेरै जसो मानिसहरू दुष्ट आत्माहरूले भेट्टाएका थिए। तर दुष्ट आत्माहरू जोडले चिच्याएर मानिसहरूबाट बाहिर निस्के। पक्षाघात लागेको र लङ्गडो मानिसहरू निको भए।
Nepali Tamang 2011
तिग्‍दा भिसम थेरी मुबा ल्‍हानान म्‍हिला ल्‍हुइग्‍याम घ्रेन काइ लसी क्रिङ्‌बान म्‍हङ थोन्‍सी निबारी छ्‌याइजी। ओच्‍छे थेरी मुबा काङ या चलब आतबादेन कुज्‍या म्‍हिगदेदाएनोन खम्‍ना लबा मुबा।