Acts 8:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो सहरमा सिमोन नाउँ गरेको एक जना मान्‍छे थियो। उसले केही समयदेखि नै सामरियाका मानिसहरूलाई आफ्‍नो जादूगरीले दङ्ग पारेको थियो। उसले आफैंलाई धेरै ठूलो हुँ भनी ठान्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिमोन नाउँ भएको एक जना मानिस त्‍यहाँ थियो। त्‍यसले अगाडिदेखि नै त्‍यस सहरमा जादूगरी गरेर सामरियाका मानिसहरूलाई आश्‍चर्यचकित पारेको थियो, र आफूलाई मै हुँ भनी ठान्‍दथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै सहरमा केही समयदेखि सिमोन नामको मानिसले जादु गरेर सामरियाका सबै मानिसहरूलाई अचम्ममा पारेको थियो; जसले आफूलाई एउटा महान् व्यक्ति भएको दाबी गर्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
तर त्यस शहरमा शिमोन नाउँ गरेको एकजना मानिस थिए। फिलिप त्यहाँ आउन भन्दा अघि तिनी जादू गर्दै थिए अनि सामरियाका मानिसहरूलाई चकित पारेका थिए। शिमोनले घमण्ड साथ आफूलाई महान-मानिस दावी गर्थे।
Nepali Tamang 2011
थे शहररी सिमोन भिबा म्‍हि गिक मुबा। थेसे ङाच्‍छाहेन्‍सेन थे शहररी जादु लसी सामरियाला म्‍हिगदेदा उदेक तना लबा मुबा। ओच्‍छे थेसे ह्राङसे ह्राङदान ङा ह्रङ्‌बा खालै आरे भिसी म्‍हन्‍मुबा।