Acts 9:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब दमस्‍कसमा हननिया भन्‍ने प्रभु येशूका एक जना चेला थिए। तिनलाई एउटा दर्शन दिइयो, दर्शनमा प्रभुले यसरी बोलाउनुभयो, “हे हननिया!” “आज्ञा होस् प्रभु!” हननियाले भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दमस्‍कसमा हननिया नाउँ भएका एक जना चेला थिए। तिनलाई प्रभुले दर्शनमा भन्‍नुभयो, “ए हननिया।” तिनले भने, “प्रभु, हाजिर छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हननिया नाम गरेका एक जना चेला दमस्कसमा थिए। तिनलाई प्रभुले दर्शनमा भन्‍नुभयो, “हे हननिया!” तिनले जवाफ दिए, “हजुर, प्रभु!”
Nepali ERV (पवित्र बाइबल)
दमीशकमा येशूका एकजना चेला थिए। उनको नाउँ हननिया थियो। प्रभुले हननियासंग सपनामा भन्नुभयो, “हननिया!” हननियाले उत्तर दियो, “म यहाँ छु, प्रभु।”
Nepali Tamang 2011
दमस्‍कस भिबा ग्‍लारी हननिया भिबा प्रभुला चेला गिक मुबा। थेदा म्‍हाङरी प्रभुसे “हननिया” भिसी ङ्‌योइमा, थेसे “लास्‍सो प्रभु” भिसी भिजी।