Acts 9:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुले भन्‍नुभयो, “उठेर सीधा भन्‍ने गल्‍लीमा जा र त्‍यहाँ यहूदाको घरमा टार्सस सहरबाट आएको शाऊल भन्‍ने मानिसको खोजी गर्‌। त्‍यहाँ उसले प्रार्थना गरिरहेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब प्रभुले तिनलाई भन्‍नुभयो, “उठ, र ‘सीधा’ नामक गल्‍लीमा जाऊ, र त्‍यहाँ यहूदाको घरमा शाऊल नाउँ भएका टार्सस-निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुले तिनलाई भन्‍नुभयो, “तिमी सीधा नामको सडकमा यहूदाको घरमा जाऊ; र टार्सस निवासी शाऊल नामको व्यक्तिलाई त्यहाँ भेट। ऊ त्यस घरमा प्रार्थना गरिरहेको छ।
Nepali ERV (पवित्र बाइबल)
प्रभुले हननियालाई भन्नुभयो, “उठ अनि सोझो गल्ली भन्ने गल्लीतिर जाऊ। यहूदाको घर पत्ता लगाऊ। टार्सस भन्ने ठाउँका शावल नाउँ भएको मानिसलाई खोज। ऊ अहिले त्याहँ प्रार्थना गरिरहेछ।
Nepali Tamang 2011
जमाहेन्‍से प्रभुसे थेदा चुह्रङ् भिसी सुङ्जी, “ए ‘सोजो’ भिबा ग्‍यामपट्टि निउ, थेरी यहूदाला दिमरी शाऊल भिबा टार्सस शहररी चिबा म्‍हिदा म्‍हाइगो, च्‍यागो, थेसे दान्‍दे प्रार्थना लबान मुला।