Acts 9:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुले भन्‍नुभयो, “तँ जानुपर्छ किनभने अरू जातिका मानिस र तिनीहरूका राजाहरू र इस्राएलीहरूका बीचमा मेरो नाउँ प्रचार गर्न मैले त्‍यसलाई नै चुनेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्‍यजातिहरू, राजाहरू र इस्राएलका सन्‍तानका सामुन्‍ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर प्रभुले हननियालाई भन्‍नुभयो, “तिमी जाऊ! किनकि इस्राएलका बासिन्दाहरू, गैरयहूदीहरू र तिनीहरूका राजाहरूमा मेरो नाम घोषणा गर्न मैले यस मानिसलाई रोजेको छु।
Nepali ERV (पवित्र बाइबल)
तर प्रभुले हननियालाई भन्नुभयो, “जाऊ! मैले शावललाई मेरो विषयमा राजाहरूलाई, यहूदीहरूलाई र अन्य जातिहरूलाई बताउनको निम्ति एक पात्रको रूपमा चुनेको छु।
Nepali Tamang 2011
तर प्रभुसे थेदा चुह्रङ् भिसी सुङ्जी, “ए निउ, तिग्‍दा भिसम ङाइ थेदा ङादा तेन्‍बारी धम्‍बा मुला। थेसे अर्गु य्‍हुलला म्‍हिगदे, ग्‍लेगदेदेन इस्राएलीगदेदा ङाला मिन थेःना लला।