Acts 9:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुले भन्नुभएको सुनेर हननिया गए। यहूदाको घरमा पसेर शाऊलमाथि आफ्ना हात राख्तै भने, “हे शाऊल भाइ, तिमीले यहाँ आउँदा बाटोमा देखेका प्रभु येशूले नै मलाई पठाउनुभएको हो। तिमीले फेरि देख्न सक र पवित्र आत्माले भरपूर होऊ भनेर उहाँले मलाई पठाउनुभएको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हननिया गएर त्यस घरभित्र पसे, र तिनीमाथि आफ्ना हात राखेर भने, “भाइ शाऊल, जुन प्रभु येशू तिमी आइरहेको बाटोमा तिमीकहाँ देखा पर्नुभएको थियो, उहाँले नै तिमीले दृष्टि पाऊ र तिमी पवित्र आत्माले भरिपूर्ण होऊ भनी मलाई पठाउनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि हननिया त्यस घरभित्र गए। शाऊलको शिरमा आफ्ना हातहरू राखेर उनले यसो भने, “भाइ शाऊल, तिमी यस सहरमा आउँदा तिमीलाई बाटोमा दर्शन दिनुहुने प्रभु येशूले तिमीले फेरि देख्न सक, र तिमी पवित्र आत्माले भरपूर होऊ भनी मलाई यहाँ पठाउनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण हननिया त्यहाँबाट यहूदाका घरतर्फ लाग्यो। उसले आफ्नो हात शावलमा राखे अनि भने, “शावल, मेरो भाई, प्रभु येशू जो तिमी आउँदा बाटोमा देखा पर्नु भयो उहाँले मलाई तिम्रोमा पठाउनु भएको छ ताकि तिमीले फेरि देख्न सक र पवित्र आत्माद्वारा तिमी भरिपूर्ण होऊ।”
Nepali Tamang 2011
जमाहेन्से हननिया निसी थे दिमरी वाङ्जी। ओच्छे शाऊलथोरी ह्राङला या न्हीनोन थान्सी चुह्रङ् भिसी भिजी, “शाऊल आले, ए ग्यामरी खबान लबा धुइरी ए मुबा ग्लारी फेप्खबा प्रभु येशूसेन ङादा पुइखबा हिन्ना। एसे म्राङ्बारी खम्गै ओच्छे परमेश्वरला आत्मासे प्लिङ्गै भिसी ए मुबा ग्लारी पुइखबा हिन्ना।”